नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै
काठमाडौँ । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन जेठ ९ र १० गते काठमाडौँमा संवाद गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
‘पर्वत, जनता र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाको सहभागिता रहनेछ । राससका अनुसार जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परेको नकारात्मक असरका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।
गत वर्ष दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप(२८) ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु सङ्कटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार आगामी जुनमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसङ्घीय संरचना महासन्धी (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक तथा प्राविधिक परामर्श सहायक निकाय (एसबिएसटिए) को ६०औँ बैठकमा पर्वत र जलवायु विषयमा विज्ञ छलफल आयोजना गर्न निर्देशन दिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया