लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी
काठमाडौँ, हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडै क्षेत्रका एक–दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया