पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारणसभाको आह्वान गरेको छ ।
कम्पनीले वैशाख १७ गते सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौंमा आफ्नो छैठौं र सातौं वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुसाशनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, संस्थापक समूहको तर्फबाट एक जना महिलासहित पाँच जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने, एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया