प्यालेस्टाइनी क्षेत्रमा सहयोगका लागि राष्ट्र संघको अपिल
राष्ट्र संघ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (यूएनओसीचएचए)ले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि दुई अर्ब ८२ करोड अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ ।
उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्याङ्कका तीन दशमलव एक मिलियन मानिसलाई सहायता गर्न प्रयोग गरिने यूएनओसिएचएले जनाएको छ ।
कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ । मानवीय संस्थाहरूले गाजा पट्टी र वेस्ट ब्याङ्कका पीडितलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ ।
कार्यालयले भनेको छ, ‘गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ । उनीहरूलाई गाजाभित्र आवागमनमा अवरोध नियन्त्रण र सहायताका लागि भिसा र अनुमतिहरू, समयमै प्रदान गरी मानवीय वस्तु ल्याउन सक्षम हुन आवश्यक छ ।’
गतवर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गर्दा एक हजार दुई सय मानिस मारिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया