हिमाल सफाइ अभियान टोली सगरमाथा आधार शिविरमा
काठमाडौं । नेपाली सेना नेतृत्वको हिमाल सफाइ अभियान टोली सगरमाथा आधार शिविर पुगेको छ । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि वैशाख २ गते काठमाडौंबाट स्याङ्गबोचे प्रस्थान गरेको टोली आइतबार सगरमाथा आधार शिविर पुगेको हो ।
यसअघि उक्त टोलीले हिमाल सफाइ कार्यलाई प्रभावकारीरूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय तहलगायत विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेको थियो । यसैगरी उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहर समेत संकलन गरेका थिए । आधार शिविर पुगेपछि आवश्यक प्रबन्ध मिलाएपश्चात् उक्त टोली हिमाल सफाइ कार्यको लागि परिचालित हुने नेपाली सेनाले जनाएको छ । यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र पाँच वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया