झिमरुक, असार ११
प्यूठान जिल्लाका स्थानीय तहहरूको खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो ।
गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा एक हजार चार सय २८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । पाँच करोड २८ लाख रूपैयाँ लागतमा जस्तापाता लगाइएको उनको भनाइ छ । गाउँपालिकाले प्रतिघर ४० हजार रूपैयाँ लगानीमा जस्तापाता लगाएको थियो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विभिन्न वडाका एक सय २४ घरधुरीमा ५० लाख रूपैयाँ लागतमा जस्तापाता लगाएको छ ।
धेरै वर्षदेखि खरको छानामा बसेका गौमुखी–२ अर्खा ठूलाचौरका श्यामबहादुर थापाले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताए । उनका अनुसार गाउँपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ । यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि नगरक्षेत्रमा रहेका विपन्न परिवारका घरमा जस्तापाता लगाउँदै आएको छ । आगामी आर्थिक वर्षमै खरको छानो विस्थापित हुने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । करिब दुई हजार दुई सय घरहरू खरको छानो भएको स्वर्गद्वारीमा करिब एक हजार पाँच सय घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।
आगामी वर्ष पनि प्रदेश सरकारसँग समन्वय गरेर एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरी १ र २ नं वडामा रहेका खरका छाना भएका घरहरूलाई जस्तापाताले छाएर नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजना रहेको उनले बताए । माण्डवी गाउँपालिकाले पनि पालिका क्षेत्रभित्र सात सय ५० घरमा जस्तापाता लगाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया