भारतीय किसान र व्यापारीले नेपालमा भुइँकटहर निर्यात रोक्ने
पश्चिम बंगाल, असार १५
नेपाल र भारतबीचको सीमा विवादसँगै नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय किसान र व्यापारीले पश्चिम बंगालबाट यो वर्ष भुइँकटहर नेपाल निर्यात नगर्ने बताएका छन् । बीबीसी हिन्दीका अनुसार पश्चिम बंगाल राज्यका भुइँकटहर उत्पादक किसानले नेपाल निर्यात नगर्ने बताएका हुन् ।
बंगालको उत्तरी क्षेत्रका भुइँकटहर किसानले उक्त निर्णय गरेको बताइएको. छ । उक्त क्षेत्रमा बंगालमा उत्पादन हुने भुइँकटहरमध्ये ८० प्रतिशत उत्पादन हुन्छ । बंगालको पाइनापल मर्चेन्ट्स एसोसिएसनको तथ्यांकअनुसार २० हजार हेक्टरमा भुइँकटहर खेती हुन्छ । वर्षेनी करिब साढे ६ अर्बको यसकै कारोबार हुने गर्छ । एसोसिएसनका अनुसार हरेक वर्ष नेपालमा तीन हजार मेट्रिक टन अर्थात् १२ देखि १८ करोड भारुको भुइँकटहर निर्यात हुने गर्छ ।
कोरोनाभाइरसपछि लागू भएको लकडाउनले यसै पनि भुइँकटहर सस्तिएको छ । किसानहरुले नोक्सानी व्यहोरे पनि बरु सस्तोमा भारतमै बेच्ने र नबिके सड्न दिने तर नेपाल निर्यात नगर्ने भारतीय व्यापारीहरुले बताएका छन् । दार्जिलिङ जिल्लाको सिलिगुडी जस्ता सहरमा नेपाली समुदायको बाक्लो बसोबास छ । सीमा विवादपछि नेपाली समुदायलाई समेत अप्ठ्यारो परेको बताइएको छ । नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा सडक निर्माण तथा उद्घाटन भारतीय पक्षले गरेसँगै नेपालले उक्त भूमिहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भन्दै नयाँ नक्सा जारी गरिसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया