चीनमा विद्यालय शिक्षा छाड्ने दर ९९ प्रतिशतले घट्यो
बेइजिङ, असार १६
चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ । चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को सुरुमा करिब छ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यसवर्षको जुन १४ सम्ममा ६ हजार ७ सय ८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन् ।
मन्त्रालयले तयार पारेको अनिवार्य विद्यालय शिक्षाको प्रावधानको कार्यान्वयनमा कडाइ गरेपछि विद्यालय छाड्ने दरमा कमी आएको बताइएको छ । चीनमा अहिले शारीरिक कठिनाइका कारण विद्यालयमा उपस्थित हुन नसक्नेबाहेक अरु सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिने गरिएको मन्त्रालयको भनाइ छ ।
नवौं वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई पनि सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पु-याउने मन्त्रालयले जनाएको छ । चीन सरकारले गरिब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम शुरु गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो । कोरोनाभाइरस समेतका महामारीका कारणबाट विद्यालय छाड्न नपर्ने वातावरण पनि तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ । रोजगारीका लागि पढाई छाड्ने विद्यार्थीहरुका निम्ति पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिका समेत जारी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया