भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा
नयाँ दिल्ली, असार १८
भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछा मार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले आज जानकारी दिएको हो । सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो । त्यस सम्झौता बमोजिम नै आज पनि दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो ।
बुधबार दिइएको त्यस जानकारीअनुसार रिहा गरिएकामा भारतको जेलमा रहेका २ सय ६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछामार्ने मछुवा नागरिक रहेका छन् । उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ । त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २ सय ७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ । उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरुले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया