श्रीलंकाद्वारा अर्थव्यवस्थालाई सघाउन दरहरूमा कटौती
कोलम्बो, असार २६
श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल)को मौद्रिक समितिले केन्द्रीय बैंकको स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी कर्जा सुविधा दर (एसएलएफआर) मा १०० आधार विन्दु घटाएर क्रमशः ४.५ प्रतिशत र ५.५ प्रतिशत गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण प्रभावित अर्थतन्त्रलाई सघाउने उद्देश्यले गरिएको नीतिगत दरहरूमा परिवर्तन गर्ने निर्णय समितिको बुधबारको बैठकले गरेको बिहीबार सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘बजारको कर्जा दरमा थप कटौती गर्ने उद्देश्यले यो निर्णय भएको हो र यसले वित्तीय प्रणालीलाई अर्थव्यवस्थाको उत्पादक क्षेत्रलाई आक्रामक रुपमा बढाउन प्रोत्साहित गर्दछ, जसले कोभिड–१९ बाट प्रभावित व्यवसायहरुलाई व्यापक अर्थव्यवस्थाको रूपमा सहयोग प्रदान गर्दछ’, सीबीएसएलले भनेको छ ।
सन् २०२० को दोस्रो त्रैमासिकमा श्रीलंकाको आर्थिक वृद्धि महामारीका स्थिर बनेको तथा वित्तीय र मौद्रिक उत्तेजनाका साथै संरचनात्मक सुधारका माध्यमबाट सुधारको आशा गरिएको बैंकले जनाएको छ । श्रीलंकाको व्यापार घाटा सन् २०२० को पहिलो पाँच महिनामा कम भएकोे छ साथै आयातमा निर्यातभन्दा बढी संकुचन देखिएको थियो ।
अर्थतन्त्रको उत्पादक क्षेत्रमा थप तरलताको उपयोग गर्नुपर्ने देखिएको छ । साथै अर्थतन्त्रको खाँचोमा परेका क्षेत्रलाई सहयोग पु-याउन केन्द्रीय बैंकले घोषणा गरिरहेको सहुलियत कर्जा योजनाहरू पनि प्रयोग गर्नुपर्ने बैंकले बताएको छ । यो सीबीएसएलले यस वर्ष गरेको पाँचौं नीतिगत दर सुधारको घोषणा हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया