कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार बढीको मृत्यु
काठमाडौं, असार ३०
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३ सय ४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५ सय १० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १ सय ४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६ सय ५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९ सय ९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६ सय ११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७ सय १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ७१ हजार ६ सय ९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५ सय ८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६ सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । अफ्रिकामा ५ लाख ९८ हजार २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६ सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३० जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया