संक्रमणको कडा रुपमा निगरानी गर्न विश्व स्वास्थ्य संगठनको सल्लाह
अमेरिका, साउन १
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।
विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन दश लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो । भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रति दिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ । तर पछिल्ला हप्ताहरुमा भारतमा प्रति दश लाख नागरिकमध्ये कतै कतै त ८ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरुमा एक हजार २०० भन्दा पनि बढी प्रयोगशालाहरुबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बताइएको छ ।
एक समाचारमा यहाँका सरकारी स्वास्थ्य संस्थामा ८६५ वटा ल्याब छन् भने नीजि स्वास्थ्य संस्थाहरुमा ३५८ वटा परीक्षण गर्ने ल्याब रहेका छन् । ती ल्याबहरुबाट दिनहूँ ठूलो संख्याका मानिसहरुको कोरोना परीक्षण गर्ने गरिएको छ । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र तीन लाखभन्दा बढीको कोरोेना भाइरस पोजेटिभ भए नभएको परीक्षण गरिएको बताइएको छ । यहाँका २ लाख ७० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु त चिकित्सकको निगरानीमा अस्पताल तथा क्वारेन्टाइनमा नै बसिरहेको एक तथ्यांका देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया