Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तले पायो भाडामा सहुलियत

घरेलु लघुवित्तले पायो भाडामा सहुलियत


काठमाडौं, साउन ४
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई मध्यनजर गर्दै घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा, काभ्रेका घरधनी श्रीजल भैलले घरभाडामा सहुलियत दिएका छन् । नेपाल सरकारले घरबहालमा छुट दिन आग्रह गरिरहेको बेला कतिपय घरधनीहरुले घरबहालमा छुट नदिइरहेको बेलामा विशाल मन भएका मनकारी घरधनी १ महिनाको घरभाडामा सहुलियत दिएर आफ्नो उदार भावना प्रकट गरेको संस्थाले जनाएको छ ।

बन्दाबन्दीका कारण देशको समग्र अर्थतन्त्र ओरालो लागेको परिस्थिति छ, व्यवसाय पूर्ण रुपले सञ्चालन नभएको वर्तमान परिप्रेक्ष्यमा सरकारले समेत एक महिनाको घरभाडा नलिन गरेको आह्वानलाई स्वीकार्दै आफूले पनि मानवताको भुमिका निर्वाह गरेको श्रीजल भैलले बताए । यसर्थ तीन महिनादेखि ठप्प रहेको व्यापार व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सबैले आ–आफ्नो ठाउँबाट उदारता देखाउनु सक्नुपर्ने कुरा भैल दम्पतीले बताए ।

संस्थाले, यसै कोरोनाको महाविपत्ति बाट सिर्जित समस्याहरुलाई व्यवस्थापन गर्न स्थानीय रुपमा खोलिएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्.नो कार्यक्षेत्र रहेको विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरिरहेको छ । यस्तै विपत्तिका बेला संस्थाको क्षमता अनुसारको आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै जाने नीति रहेको संस्थाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x