इन्डिगोले १० प्रतिशत कर्मचारी निकाल्ने
नयाँ दिल्ली, साउन ६
कोरोना संकटले आर्थिक संकटमा डुबिरहेको भारतकै चर्चित विमान सेवा प्रदायक कम्पनी इन्डिगोले आफ्नो १० प्रतिशत कर्मचारी निकाल्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रणजय दत्तले एक विज्ञप्ति जारी गर्दै कम्पनीको निर्णयबारे अवगत गराएको नवभारत टाइम्सले जनाएको छ । उनले कम्पनीले गम्भीर आर्थिक संकट व्यहोरिरहेको बताए । कम्पनीको अस्तित्वका निम्ति त्याग गर्नुपरेको भन्दै उनले यो निर्णयको बचाउ गरे । उनले सबै सम्भावित परिस्थिति आँकलन गरेरै १० प्रतिशत कर्मचारी निकाल्ने निर्णय गरेको पनि बताए ।
कम्पनीमा २०१९ मार्च ३१ सम्म २३ हजार ५ सय ३१ कर्मचारी थिए । कोरोना महामारी र लकडाउनका कारण विश्वकै हवाइ क्षेत्र नराम्ररी प्रभावित भयो । देशमा करिब २ महिना त उडान पूर्णरुपले ठप्प भयो । २५ मेबाट भने सीमित संख्यामा भारतले आन्तरिक उडानलाई अनुमति दिएको थियो । इन्डिगोले अहिले एकै यात्रुलाई दुईवटा सिट बुक गर्न दिएको छ । त्यसरी अर्को सिट लिँदा २५ प्रतिशतसम्म छुट दिएको छ । यो योजना २४ जुलाईसम्मका लागि भएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया