कर्मचारी कटौती गर्ने एयरबसको निर्णयको विरोध
लन्डन, साउन ९
युरोपियन विमान कम्पनी एयरबसमा एक हजार ६ सय रोजगारीका अवसर कटौतीको विषयलाई लिएर बिहीबार स्पेनभरि हजारौं एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन् । यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा महामारी सुरूभएपछि फेब्रुअरीमा पहिलो पटक घोषणा गरिएको थियो । तर कोरोनाभाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको सङ्ख्या दोब्बर हुने घोषणा गरिएको छ ।
स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा रहेको गेटाफेमा मास्क लगाएका सयौँ प्रदर्शनकारीहरूले विमानको कार्यालय र स्थानीय शहरको हलको मध्य क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले कसैले पनि जागिर नछोड्ने पद खारेज गर्न नपाइने भावका नाराहरू लेखिएका ब्यानरसहित जुलुसमा सहभागी बनेका थिए । जुनको अन्त्यमा एयरबसले विश्वभर आफ्ना १५ हजार कर्मचारीलाई कटौती गर्ने योजना बनाइरहेको बताएको थियो भने यसमध्ये स्पेनमा ८८९ कर्मचारी हटाउने एयरबसले जनाएको छ । एयरबसले महामारीको प्रतिक्रियास्वरूप कूल जनशक्तिको ११ प्रतिशत कर्मचारीलाई घटाउन लागेको बताउँदै आएको छ । ‘मलाई थाहा छ यो गाह्रो अवस्था हो तर एयरबस जस्ता प्रसिद्ध कम्पनीबाट कर्मचारीमाथि यस किसिमको निर्मम निर्णय आउँछ भन्ने मलाई लागेको थिएन’, एक एयरबसका ३६ वर्षीय इञ्जिनियर जेभियर पयाले भने ।
एरोस्पेस क्षेत्रका लागि राज्य सहायताको माग गरिरहेका श्रमिक आयोग युनियनका अगस्टिन मारिनले भने, ‘महामारीका कारण सिर्जना भएको आर्थिक समस्याका कारण कसरी रोजगार र उच्चस्तरीय उत्पादन प्रणालीलाई प्रभावित पार्छ भन्ने कुरा हामी बुझ्न सक्दैनौँ ।’ एयरबसले स्पेनभरि करिब १२ बजार ३०० जनालाई रोजगार प्रदान गरेको छ तर युनियनका प्रतिनिधिहरूले एरोस्पेस कम्पनीले प्रत्यक्ष तथ अप्रत्यक्षरूपमा स्पेनमा एक लाख व्यक्तिलाई रोजगारी दिएको दावी गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया