राष्ट्रसंघले भन्यो –कोरोनाले विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा
अमेरिका, साउन १४
कोरोनाभाइरस संकटले २०२० को पहिलो छ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व संकलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ । ‘सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा सन् २००९ को विश्वव्यापी आर्थिक संकटको बेलाको घाटाभन्दा तीन गुणा बढी घाटा भएको छ’, मंगलबार म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘महामारीको यो अवधिमा संक्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको छ ।’
पछिल्लो तथ्यांकले पर्यटन यथासम्भव सुरक्षित हुनेबित्तिकै पुनः सुरु गर्नुको महत्व स्पष्ट पारेको राष्ट्रसंघको भनाइ छ । अन्तर्राष्ट्रिय पर्यटनमा भएको भारी गिरावटले लाखौंको जीविका जोखिममा रहेको संगठनका महासचिव जुराब पोलोलिकाश्विलीले बताए । महामारीबीच पर्यटन गतिविधि विस्तारै केही गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ । संयुक्त राष्ट्रसंघीय उक्त संगठनले यस क्षेत्रमा ‘गम्भीर तथा नकारात्मक जोखिम’को सामना गर्नुपरेको बताएको छ । भाइरसको संक्रमणको पुनः आगमनले नयाँ लकडाउन, यात्रा प्रतिबन्ध र ‘अधिकांश गन्तव्यहरु’मा सीमा बन्द गर्नसक्ने र यसले थला परेको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि अपनाइने प्रतिबन्धात्मक नियमबारे सम्वेदनशील बन्न पनि उनले जोड दिएका छन् ।
उनले अन्तर्राष्ट्रिय पर्यटनका प्रमुख स्रोत मानिने संयुक्त राज्य अमेरिका र चीनलगायतका केही गन्तव्यमा अझै पनि पर्यटन गतिविधिमा सुधार हुन नसक्नुलाई चिन्ताको विषय भनेका छन् । संयुक्त राष्ट्र संघले मेमा पूर्वानुमान गरेअनुसार कोरोनाभाइरसका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटन गतिविधिमा ६०देखि ८० प्रतिशतले गिरावट हुनसक्ने बताएको थियो । सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्यटन आगमनमा चार प्रतिशतले बढेर एक खर्ब ५० अर्ब पुगेको राष्ट्रसंघको तथ्यांक छ । विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको देशमा क्रमशः फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका संगठनले जनाएको छ । सन् २००९ को विश्वव्यापी आर्थिक संकटका कारण अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा पनि गिरावट आएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया