विश्वकै ठूला चार प्रविधि कम्पनीमाथि अमेरिकी सांसदको गम्भीर आरोप
अमेरिका, साउन १६
अमेरिकी सांसदहरुले विश्वकै चर्चित र ठूला चार प्रविधि कम्पनीहरुलाई गम्भीर आरोप लगाएका छन् । कम्पनीका प्रमुखहरुलाई संसदीय समितिमा भर्चुअल रुपमा बोलाएर अमेरिकी सांसदहरुले आफ्ना प्रतिस्पर्धीलाई दबाउन कम्पनीहरुले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
अमेजन, फेसबुक, गुगल र एप्पलका प्रमुखहरुलाई संसदीय समितिमा बोलाएर अमेरिकी सांसदहरुले -याख-याखती पारेको बीबीसीले जनाएको छ । समितिमा सांसदहरुको प्रश्नको सामना गर्दै चारवटै सीईओहरु अमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र फेसबुकका मार्क जकरबर्गले आफ्ना कम्पनीको बचाउ गरेका थिए ।
ठूला प्रविधि कम्पनीमाथि प्रतिस्पर्धीलाई दबाउन शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । सोही कारण अमेरिकी संसदले कडा नियन्त्रण र व्यावसायिक प्रतिस्पर्धाको अनुसन्धान गर्न लागिरहेको छ । डेमोक्रेटिक सांसदहरुले यी कम्पनीको अस्वस्थ प्रतिस्पर्धाको मुद्दा उठाएका थिए भने रिपब्लिकन सांसदहरुले कम्पनीहरुको सूचना व्यवस्थापन र कन्जरभेटिभ समुदायको विचारलाई स्थान नदिएको मुद्दा उठाएका थिए ।
तर चारवटै कम्पनीका प्रमुखहरुले भने आफूहरुले कुनै पनि गैरकानुनी कार्य नगरेको र अमेरिकी मूल्य र मान्यतालाई प्राथमिकतामा राखेको दाबी गरेका थिए। सो क्रममा सांसदहरुले साना कम्पनीको विषयवस्तु गुगलले चोर्न गरेको आरोप लगाए । त्यस्तै अमेजनमाथि बिक्रीकर्तामाथिको व्यवहार, फेसबुकमाथि इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको प्राप्ति तथा एप्पलमाथि एपस्टोरलाई लिएर सांसदहरुले प्रश्न सोधेका थिए। डेमोक्रेटिक सांसद डेभिड सिसिलाइनले अमेजनमाथि ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’को आरोप लगाएका थिए । उसले खासगरी अमेजनले बिक्रीकर्ताबीच नै अस्वस्थ प्रतिस्पर्धा गराएको उनको आरोप छ । उसले व्यवसायमा दोहोरो भूमिका खेलिरहेकोमा सिसिलाइनले चर्को आलोचना गरेका थिए ।
रिपब्लिकन सांसद जिम जोर्डनले भने प्रविधि कम्पनीहरुले राजनीतिक पूर्वाग्रह राखेर कन्जरभेटिभ विचारको दमन गरिरहेको आरोप लगाए । तर चारवटै कम्पनीले भने साना व्यवसायलाई सहयोग गरिरहेको दाबी गरेका थिए । युरोपमा पनि अमेजनमाथि अनुसन्धान भइरहेको छ भने अन्यत्र पनि यी कम्पनीहरु विभिन्न कानुनी झमेलामा फस्दै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया