फेसबुकले नयाँ साथी बन्न फोन नम्बर सिफारिस नगर्ने
अमेरिका, पुस ७
सामाजिक सञ्जाल फेसबुकले नयाँ साथी बन्नका लागि फोन नम्बर रिकमेन्ड (सिफारिस) नगर्ने भएको छ । निजी गोप्यताबारे चौतर्फी आलोचना भएपछि कम्पनीले सन् २०२० मा आफ्नो सिफारिस प्रणाली बन्द गर्नलागेको जनाएको छ । यसका साथै कम्पनीले फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगाउन नयाँ कोड प्रणाली ल्याउने भएको छ । कम्पनीले लक्षित वर्गमा विज्ञापन गर्न र साथी बन्न सिफारिस प्रणालीमा फोन नम्बर प्रयोग गरेको स्वीकार गरेको छ । नयाँ प्रणालीका लागि तयारी पूरा भएको समेत बताइएको छ ।
नयाँ नियम सन् २०२० मा लागू हुनेछ । सन् २०१८ मा फेसबुकले साथी बनाउन फोन नम्बरमार्फत सिफारिस गर्ने गरेको तथ्य बाहिरिएको थियो । त्यसलगत्तै गोप्यतासम्बन्धी अधिवक्ताहरु र सुरक्षा अन्वेषकहरुबाट चर्को आलोचना सहनुपरेको थियो । अहिले फेसबुकमा ‘पिपल यु मे नो’मार्फत सिफारिस गर्ने गर्छ । यसबाहेक धेरै ‘मुचुअल फ्रेन्ड’ भएको आधारमा, ‘ट्याग’ भएको तस्बिरको आधारमा, उही नेटवर्कअन्तर्गत परेमा साथी बन्न सिफारिस गर्दै आएको छ ।
फेसबुकले अमेरिकी संघीय व्यापार आयोगसँग गोप्यतासम्बन्धी नीति परिवर्तन गर्न ५ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ । कम्पनीले फेसबुक सदस्यको सेक्युरिटी फोन नम्बर विज्ञापनका लागि प्रयोग गर्न गत जुनबाटै छोडेको बताएको छ । त्यस्तै क्याम्बोडिया, इक्वेडर, इथियोपिया, लिबिया र पाकिस्तानमा केही दिनभित्रै साथी बन्न सिफारिस गर्दा नम्बर प्रयोग नगरिने बताएको छ । तर विश्वव्यापी रुपमा भने सन् २०२० बाट मात्रै लागू हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया