बुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण
काठमाडौं, साउन २१
रोबोटिक्स एसोसिएसन अफ नेपालले बुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण गरेको छ । सातवटा रोबोटको विकास गरिसकेको सिस्टर रोबोटको विकास टोलीले मंगलबार उक्त रोबोट हस्तान्तरण गरेको हो । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) नेपाल र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)को आर्थिक सहयोगमा बुटवल धागो कारखानालाई सिस्टर रोबोट गरिएको बताइएको छ ।
यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत वित्तीय सहयोग प्रदान गरिरहेको छ, जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिन्छ । सोहीअनुसार यूएनडीपीले दुईवटा सिस्टर रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको हो । रिकास्टले पाँचवटा रोबोट निर्माण गर्न चार लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सिस्टर रोबोटको निर्माणपश्चात् त्यस रोबोटलाई टेकु अस्पताल, हेटौंडा प्रादेशिक अस्पताल, एपीएफ अस्पतालमा हस्तान्तरण गरिसकेको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल, कान्तिवीर, ओज्टेक तथा रोबोनट्सले गत चैत ३० गते खाना तथा औषधि बोक्ने रोबोट– सिस्टर रोबोटको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो ।
सिस्टर रोबोट ३०० देखि ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ । कोभिड–१९ संक्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न, यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिनको प्रयोग गर्न सकिन्छ ।
विकासकर्ता टोलीले हेटौँडा प्रादेशिक अस्पतालमा आफ्नो पहिलो सिस्टर रोबोट वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेको छ । पहिलो सिस्टर रोबोटको निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो । त्यस्तै दोस्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई दुई लाख मूल्यमा बेचिएको थियो, जसमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को ८६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया