काठमाडौं, साउन २५
काठमाडौंको माछापोखरीमा अवस्थित ‘इन्ता अटायर’ सेलेब्रेटीदेखि सर्वसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिदेखि सर्वसाधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकी इन्ता श्रेष्ठले हरितालिका तीज, दशैँ तथा तिहारको लागि विशेष छुट अफर लिएर आएकी छिन् । फेसन डिजाइनर इन्ता श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषहरुको ड्रेस डिजाइन गरी आफ्नो बुटिकमार्फत सेवा सुविधा प्रदान गर्दै आएकी छिन् ।
नेपालमा अहिले मानिसको फेसनप्रतिको मोह बढ्दै गएको छ, विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो व्यवसाय फस्टाउन थालेको पाइन्छ । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ । रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बनाएको श्रेष्ठ बताउँछिन् । बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ । विगत १ वर्षदेखि सञ्चालनमा आएको ‘इन्ता अटायर बुटिक’ आईईसी सर्टिफाइड बुटिक भएको जानकारी श्रेष्ठले गराएकी छिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया