नेपाल प्रहरीको कार्ययोजना २०७७ सार्वजनिक
काठमाडौं, साउन २६
नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना २०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधानबमोजिम, नेपाल प्रहरी संगठनको पुनर्संरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । साथै उनले उक्त कार्ययोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न स्थापित ‘कार्ययोजना कार्यान्वयन कक्ष’को विद्युतीय माध्यमबाट शुभारम्भ समेत गरे ।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक, र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरे । साथै उनले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भीडियो कन्फ्रेन्स मार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कार्य योजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै १४ वटा विशेष लक्ष्य र १ सय ५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको कार्ययोजनाले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्ने बताए । नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान कार्ययोजना सहयोगी हुने विश्वास उनले व्यक्त गरे । सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको उनले उल्लेख गरे ।
प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील र विनयी भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘संयमित हुनु जरुरी छ, तर डराउनुपर्दैन’ । विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीको आत्मबल बढाउनका लागि विशेष पहल गर्न सम्बन्धित प्रमुखहरूलाई उनले निर्देशन दिए ।
प्रदेश प्रमुखहरूले एकआपसमा समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रदेशअनुसारको मौलिक कार्ययोजना बनाई प्राथमिकताका साथ अगाडि बढ्न निर्देशन दिए । सीमा क्षेत्रको तस्करी रोक्न सरोकारवाला निकायहरूसँग समन्वय गरी तत्काल कार्यान्वयनमा लैजान समेत उनले निर्देशन दिए ।
नेपाल प्रहरीको कार्ययोजना २०७७ अनुरुप जिम्मेवारीप्रति प्रतिबद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई समग्रतामा आम नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया