जनकपुरधाम, भदौ ४
देशमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै प्रदेश नं. २ मा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । देशमा बुधबार देखिएका कोरोना संक्रमितको संख्याको आधा भन्दाबढी प्रदेश नं. २ मा नै देखिएको छ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । यससँगै यहाँ संक्रमितको संख्या सात हजार आठ सय ८३ पुगेको छ । बुधबार सबैभन्दा बढी पर्सामा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ९ र सप्तरीमा १ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाको कारण बुधबार यस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । पर्सा जिल्लाको ६० वर्षीय र ८६ वर्षीय पुरुष तथा ४० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ जना निको भएर आफ्नो घर फर्केका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया