वैधानिकरुपमा नेपाल आएका चिनियाँलाई समस्या नहुने
काठमाडौं, पुस ९
प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरेका एक सय २२ जना चिनियाँ नागरिकहरु अपराधमा संलग्न रहेको नदेखिए भिसा अवधिभर नेपालमा बस्न कुुनै समस्या नहुने भएको छ । ‘जो वैधानिक रुपमा नेपाल आएका छन्, जसको भिसा अवधि बाँकी छ र नेपालमा कुनै अपराध गरेको छैन भन्ने देखियो भने पक्राउ परेका ती व्यक्तिहरु नेपालमा बस्न कुनै समस्या हुँदैन’, महानगरीय अपराध महाशाखाका प्रमुुख सहकुुल थापाले भने ।
थापाका अनुसार अनुसन्धानको क्रममा कुुनै चिनियाँ नागरिक गैरकानुनीरुपमा नेपालमा बसेको छ, नेपालमा उसले अपराध गरेको छ भने त्यस्ता व्यक्तिहरुलाई भने ऐन नियमको परिधिभित्र रहेर कारबाही गरिनेछ । साइबर ह्याकिङसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले सोमबार एक सय २२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो ।
चिनियाँहरुको उक्त गिरोहले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएसँगै सोमबार अपराह्नदेखि सर्च अपरेसन सुरु गरिएको थियो । प्रहरीले उनीहरुलाई उपत्यकाको मनमैजुु, बाँसबारी, बूढानीलकण्ठ लगायतका क्षेत्रबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखा समेतको संयुुक्त टोलीले शंकास्पद गतिविधिमा संलग्न चिनियाँको खोजी गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया