लन्डन, भदौ १८
अमेरिकी प्रविधि कम्पनी एप्पलको सेयर लगातार वृद्धि भइरहेको छ । कम्पनीको सेयर मूल्य बढ्ने क्रममा मंगलबार बेलायतको टप सेयर इन्डेक्सका सबै सदस्य कम्पनीलाई पाखा लगाएको बीबीसीले जनाएको छ ।
बेलायतको एफटीएसई १०० (सेयरबजार) मा कम्पनीको सेय चार प्रतिशतले बढेको हो । योसँगै कम्पनीको मूल्यांकन २३ खर्ब अमेरिकी डलर अर्थात् १७ खर्ब पाउन्ड पुगेको छ । बाँकी सबै सदस्य कम्पनीको मूल्यांकन केवल १५ खर्ब पाउन्ड स्टर्लिङ छ । यो एप्पलले २० खर्ब डलर मूल्यांकन पाएको केवल दुई हप्तापछिको समय हो । खासगरी प्रविधि कम्पनीहरुको उत्पादनको माग विश्व महामारी कोरोनाका बेला तीव्र गतिमा बढिरहँदा यो क्षेत्रका कम्पनीलाई फाइदा भएको हो ।
वर्तमान समयमा विश्वका अधिकांश मानिसहरु कामका लागि प्रविधिमा निर्भर हुँदै गएका छन् । मार्चयता एप्पलको सेयर झण्डै दोब्बर दरमा बढिरहेको छ । तर विश्वका अधिकांश सेयरबजारमा महामारीको नराम्रो प्रभाव परिरहेको छ । लगानीकर्ताहरु पनि यस्तो बेला प्रविधि कम्पनीप्रति आकर्षित भएका छन् । त्यसो त लन्डनमा सूचीकृत अधिकांश कम्पनीहरु तेलसम्बन्धी र बैंकहरु छन् । तर ती सबैलाई अमेरिकी प्रविधि कम्पनीले पछाडि पारिदिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया