आज १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं, भदौ २९
नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भदौ ३० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ । सोमध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि यही असोज २७ गते तोकिएको छ भने ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ मंसिर ३० गते तोकिएको छ ।
यसैगरी एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत ३ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ भदौ २९ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही भदौ २२ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १२ अर्ब २६ करोड रुपैयाँ र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया