ग्रिसको मोरिया क्याम्पबाट करिब पाँच सय आप्रवासी बालबालिकालाई फ्रान्स ल्याइने
एथेन्स ।
ग्रिसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बिहीबार बताएका छन् । फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटीआरसँग भने, ‘फ्रान्सले केही दिन पहिले डढेलो प्रभावित शिविरका ३५० बालबालिकालाई फ्रान्स ल्याउने प्रतिवद्धता जनाइसकेको थियो ।
थप एक सय ५० बालबालिकासहित उक्त क्याम्पका कुल पाँच सय आप्रवासी बालबालिकालाई फ्रान्समा शरण दिइनेछ ।’ सेप्टेम्बरको सुरुमा करिब १२ हजार शरणार्थी रहेको शिविरमा आगलागी भएपछि उनीहरूलाई यूरोपका विभिन्न स्थानमा व्यवस्थापन गर्ने इयू नेताहरूबीच सहमति भएको र फ्रान्सले यसै आधारमा ती बालबालिकालाई आफ्नो मुलुकमा भित्र्याउन तयार भएको हो ।
‘आप्रवासी र शरणार्थी व्यवस्थापनका लागि भएको नयाँ सम्झौता’मा इयूका २७ सदस्य राष्ट्रहरूले शरणार्थीको बोझ लिने सहमति गरिएको युरोपेली आयोगले बुधबार सार्वजनिक सूचनामा जानकारी गराइएको थियो । यद्यपि केही साना मुलुकहरूले बराबर शरणार्थी बाड्ने सहमतिमा असहमति जनाएका छन् ।
यसैबीच बिउनीले फ्रान्सको मार्सेलीतर्फ हिँडेको भनिएका तर इटालीबाट उद्धार गरिएका एक सय ३० आप्रवासीहरूलाई इटालीमा व्यवस्थापन गर्न भनेका छन् । उनले फ्रान्सले यसबाट आफ्नो हिस्सामा पर्ने बोझ लिन तयार भएको पनि बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया