आईएमई जनरल र ह्याम्स हस्पिटलबीच सम्झौता
काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स हस्पिटलबीच)बीच सम्झौता भएको छ । आईएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने विषयमा दुवै संस्थाहरूले सम्झौता गरेका हुुन् ।
सम्झौतामा आईएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको जानकारी दिएका छन् ।
साथै उनले अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरेका छन् ।
हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २१ करोड दुई लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया