काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यससहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आईएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ ।
डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’बाट मोबाइल टप–अप गर्ने एक जना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो योजना आइतबारबाट सुरु भई अक्टोबर १५ सम्म कायम हुने कम्पनीले बताएको छ । विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।
पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिट्यान्सलगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु-याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आईएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- लघुवित्त क्षेत्रप्रतिको जनविश्वास फिर्ता ल्याउने सरकारको घोषणा
- बबईमा डुबेर दाजुभाइको मृत्यु
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया