यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित देशहरु
काठमाडौं ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।
कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजार भन्दा बढी संक्रमित भएका र यस संक्रमणबाट एक लाख ७ हजार ४५० जनाको मृत्यु भईसकेको छ । कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । संक्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ७१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ ।
यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ । कुल संक्रमितमध्ये दुई करोड ७९ लाख २ हजार भन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया