पाण्डे पाटाको सचिव-कोषाध्यक्ष पदमा निर्वाचित
काठमाडौं ।
एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजारभन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को सोमबार भएको अनलाइन चुनावमा पाण्डेले मलेसियन प्रतिद्वन्द्वी फइज फधी लिल्लाहलाई हराउँदै विजयी भएका हुन् । त्यस्तै भियतनामका उम्मेदवार हाई होे, कम्बोडियाका प्रतिस्पर्धी डा. सोखोम थोकविरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् भने वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्ष हुनेछन् ।
एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर– सर्मिट एयर, डाइरेक्टर – अलफ्ट काठमाडौं होटल, डाइरेक्टर– छायाँ सेन्टर प्रालिका रुपमा समेत कार्यरत पाण्डेले यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालको महासचिव, कार्यकारी सदस्य– नेपाल पर्यटन बोर्ड, कार्यकारी सदस्य– नेपाल पर्यटन वर्ष – २०११ मा समेत कार्यरत थिए ।
नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको सुरुवात तथा विस्तार, सन् २०१५ को महाभूकम्पपश्चात् संकट व्यवस्थापन तथा पर्यटन पुनरुत्थान कार्यक्रमको तर्जुमा, प्रथम हिमालयन ट्राभल मार्ट–२०१७ मा विशेष भूमिका निर्वाह गरेका पाण्डेद्वारा प्रवर्द्धित स्काई डाइभिङ तथा सन् २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको क्याबिनेट बैठक नेपाली पर्यटन क्षेत्रकै स्मरणीय विषयहरु पर्दछन् । पाटा जस्तो गरिमामय अन्तर्राष्ट्रिय संघको सचिव÷कोषाध्यक्ष पदमा उनको पदस्थापन कोभिड–१९ पछि हुने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- विद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर
- सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया