युनाइटेड फाइनान्सले जारी पुँजी वृद्धि गर्ने
काठमाडौं, पुस १३
युनाइटेड फाइनान्सले जारी पुँजी वृद्धि गर्ने भएको छ । फाइनान्सले हाल कायम रहेको जारी पुँजी एक अर्ब एक करोड पाँच लाख १९ हजार एक सय रुपैयाँलाई वृद्धि गरी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ७३ रुपैयाँ पुर्याउने तयारी गरेको हो । पुँजी वृद्धि सम्वन्धी प्रस्ताव फाइनान्सको यही पुस २९ गते हुने २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । फाइनान्सले उक्त सभा मार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब एक करोड पाँच लाख १९ हजार एक सय रुपैयाँबाट सात दशमलव ५२ प्रतिशतको अनुपातमा सात करोड ६० लाख ५४ हजार आठ सय ५६ रुपैयाँ बराबरको नगद लाभांश र चुक्ता पुँजीको तीन प्रतिशत अर्थात तीन करोड तीन लाख १५ हजार पाँच सय ७२ रुपैैयाँ बराबरको बोनस सेयर बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया