कोभिड–१९ विरुद्ध नागरिक अभियान ललितपुर पनि शुभारम्भ गरिएको छ ।
काठमाडौं ।
ललितपुरका उपप्रमुख गीता सत्यालले अभियानको शनिबार आयोजित एक कार्यक्रमका बीच ललितपुरको लबिम मलबाट शुभारम्भ गरेकी हुन् । कार्यक्रमको शुभारम्भ गर्दै ललितपुर महानगरपालिका उपप्रमुख सत्यालले कोाभिड १९ को महामारी न्यूनीकरणमा निजी क्षेत्र तथा नागरिक समाजको सक्रियता आवश्यक रहेको बताइन् । साथै उनले स्थानीय सरकार आफ्नो जिम्मेवारी निर्वाहमा संवेदनशील रहेको र निजी क्षेत्र तथा नागरिक समाजको पनि सहयोग चाहिने बताइन् ।
राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहेको विषम परिस्थितिमा निजी क्षेत्र तथा नागरिक समाजले संगठित रुपमा यस महामारीको न्यूनीकरण र रोकथामका लागि अघि बढ्न आवश्यक रहेको महशुस गरी अभियानको प्रारम्भ गरिएको बताउँदै कोभिड १९ दीर्घकालीन समस्याको रुपमा देखिँदै गरेकाले सुरक्षित मापदण्ड अपनाई अगाडि बढ्नुको विकल्प नरहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले व्यवसाय तथा समाजलाई सुरक्षित रुपमा अगाडि बढाउन स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा
- कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया