खुम्बुका लागि तीन सय २० क्विन्टल चामल ढुवानी
सोलुखुम्बु ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सल्लेरी शाखाले चालू आर्थिक वर्षको हालसम्म तीन सय २० क्विन्टल चामल खुम्बु क्षेत्रका लागि पठाएको छ । चालू आर्थिक वर्षको लागि छुट्याएको एक हजार पाँच सय क्विन्टलमध्ये अहिलेसम्म तीन सय २० क्विन्टल चालम खुम्बुका लागि पठाइएको सल्लेरी शाखाका निमित प्रमुख सिद्धिनाथ मिश्रले जानकारी दिए ।
उनका अनुसार खुम्बु क्षेत्रमा चालू आर्थिक वर्षमा चामल ढुवानी गर्नका लागि पूर्ण सप्लायर्सले ठेक्का पाएको छ । एक हजार पाँच सय ढुवानी गरेको खण्डमा पछि पुनः कोटा थप गर्न सकिने जनाइएको छ । अघिल्लो आर्थिक वर्षका लागि छुट्याइएको एक हजार पाँच सय क्विन्टल सबै चामल ढुवानी भएको थियो । अघिल्लो वर्ष टेन्डर समयमा नै भएकाले सबै चामल ढुवानी गर्न सकेको कम्पनीको भनाइ छ ।
चालू आर्थिक वर्षमा लक्ष्यअनुसार नै चामल पठाउने गरी धमाधम ढुवानी कार्य भइरहेको कार्यालयले जनाएको छ । सल्लेरी क्षेत्रमा कम्पनीको चामल बिक्री न्यून मात्रामा हुने गरेको छ भने खुम्बु क्षेत्रमा चामलको माग धेरै हुनेगरेको छ । जिल्लाको सोताङ डिपोबाट पनि वर्षेनी पाँच सय क्विन्टल चामल बिक्री हुनेगरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया