सरकारी वित्त स्थिति बचतमा
सरकारी खातामा दुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ नगद मौज्दात
काठमाडौं ।
सरकारी वित्त स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो तीन महिनाको प्रतिवेदनअनुसार यस अवधिमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ३१ करोड ६८ लाख रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४६अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेकको संघीय सरकारको कुल खर्च भने यस अवधिमा एक खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च एक खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको पछिल्लो तीन महिनामा बैंकिङ कारोबारमा आधारित राजस्व संकलनअन्तर्गत प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत एक खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन दुुई खर्ब ११ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेतको नगद मौज्दात जोडिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी चालू आवको तीन महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति २७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १८ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट आठ अर्ब ९५ करोड रुपैयाँ परिचालन गरेका छन् ।
एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ : काठमाडौं महानगरपालिका ३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त एटीएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वटरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया