सिद्धार्थ बैंकको लघु, साना तथा मझौला कर्जा नयाँ मोडलमा
काठमाडौँ ।
सरल तथा सहजरूपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैरवित्तीय सूचकांकहरूको आधारमा कर्जा स्वीकृति प्रक्रिया ‘स्कोर कार्ड मोडल’को प्रारम्भ गरेको छ । बैंकका अनुसार स्कोर कार्ड मोडलअन्तर्गत एक करोडसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेस गरेको २४ कार्य घण्टाभित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।
यो स्कोर कार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरूको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यस व्यवस्थाअन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया