सिद्धार्थ इन्स्योरेन्सद्वारा नेपाल स्टारको टप आठ विजेतासहित निर्णायकहरूको बीमा
काठमाडौँ ।
सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट आठमा पुग्न सफल आठ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरू एवं निर्देशकको एक वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्रकुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुुन् ।
सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री वरिष्ठ गायक रामकृष्ण ढकाल, वरिष्ठ गायिका अन्जु पन्तलगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट आठमा प्रतिस्र्पधा गरिरहेका उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।
उत्कृष्ट आठ जनालाई जनही १५ लाख एवं निर्णायकहरू एवं निर्देशकको २५ लाख रकमबराबरको दुर्घटना बीमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बीमा कम्पनीमध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया