महोत्सवमा भन्दा सटर व्यापारीको पसलमा किबी सस्तो
सुबास बस्नेत
दोलखा, पुस १८
किबी बिक्री गर्न भन्दै बुधबारदेखि सुरु भएको महोत्सवमा भन्दा चरिकोट बजारको स्थानीय सटरपसलमा सस्तोमा पाउन थालेपछि महोत्सव किबी व्यापार घटेको छ । चरिकोटका व्यापारीले प्रतिकेजी २०/३० रूपैयाँ सस्तोमा किबी बिक्री गर्न थालेपछि महोत्सवमा भन्दा सटरवाला पसलमा किबी किन्ने पर्यटकहरूको भीड लाग्ने गरेको चरिकोट बजारका व्यापारी चित्र दाहालले बताए ।
दाहालले स्थानीय तीन जातको किबी बिक्री गर्न स्टलजस्तै गरी राखेर बिक्री गर्न सुरु गरेका छन् । किबी बिक्री तथा प्रचारका लागि भन्दै भिमेश्वर नगरपालिकाले चरिकोटमा बुधबारदेखि सात दिनसम्म महोत्सवको आयोजना गरेको छ । महोत्सवमा पहिलो ग्रेड र राम्रो जातको मानिने हेवार्ड जातको किबीको मूल्य तीन सय रहेको छ । त्यस्तै दोस्रो ग्रेडको एलिसन जातको मूल्य दुई सय ५० रूपैयाँ र तेस्रो ग्रेड अन्तरगतको मेन्टी जातको किबी दुई सय रूपैयाँ रहेको छ ।
तर, दाहाले सबै ग्रेडको किबी महोत्सबको भन्दा कम मूल्यमा बिक्री वितरण गर्दै आइरहेका छन् । उनले बिगु गाउँपालिकको लादुक र शैलुङ गाउँपालिकाका विभिन्न ठाउँबाट किबी ल्याएर बिक्री गर्ने गरेको बताए । किबी व्यापारी दाहाले अपसिजनमा पनि बिक्री गर्नका लागि भनेर करिब सात सय किबी भण्डारण गरेर राखेको बताए । उनले अन्य दिनको तुलनामा महोत्सव सुरु भएपछि भने ५० केजी बढी बिक्री भएको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया