हुआङ बने चीनकै दोस्रो धनी अर्का चिनियाँले उछिने अम्बानीलाई
वेइजिड. ।
व्यवसायी कोलिन हुआङ चीनकै दोस्रो ठूलो धनी व्यक्ति बनेका छन् । इकमर्स मार्केटप्लेस पिनडुओडुओका संस्थापक तथा प्रमुख कार्यकारी उनले अलिबाबा ग्रुप होल्डिङ्सका ज्याक मा र टेन्सेन्ट होल्डिङ्सका पोनी मा हुआतेङलाई पछि पारेका हुन् ।
कोलिनको सम्पत्ति ६३ अर्ब १० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अर्बपति सूचीले देखाएको छ । बुधबार न्युयोर्कस्थित अमेरिकी प्रविधि कम्पनीहरु सूचीकृत नास्डाक सेयरबजारमा पिनडुओडुओको सेयर ७.७७ प्रतिशतले बढेको थियो । सेयर मूल्यवृद्धिसँगै कम्पनीको बजार पुँजीकरण २ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको थियो । यो कम्पनीको लगातार दोस्रोपटक सेयर मूल्य वृद्धि हो। पाँच वर्ष मात्र पुरानो यो कम्पनीले बजार मूल्यांकनमा २ खर्ब डलर पार गरेको हो ।
हुआङको सम्पत्ति चीनमा अहिले दोस्रो धेरै हो । उनीभन्दा अघि पानी व्यापारी झोङ शानशान छन् । नोङ्फु स्प्रिङ नामक बोटल पानीका व्यापारीको कम्पनीको आईपीओ सेप्टेम्बरमा हङकङको सेयरबजारमा सूचीकृत भएको थियो ।
शानशन एसियाकै धनी : यसैबीच, भारतीय अर्बपति मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मालाई पछाडि पार्दै चीनकै झोङ शानशन एसियाकै धनी व्यक्ति बनेका छन् । शानशनसँग ७७ अर्ब ८० करोड डलर सम्पत्ति छ । उनी एसियाकै धनीमात्र नभई विश्वकै ११औं धनी समेत बनेका छन् । गत वर्ष ७० अर्ब ९० करोड सम्पत्ति भएका उनले कोरोना प्रकोपबीच थप सम्पत्ति जोड्न सफल भएका हुन् ।
शानशन खोप कम्पनी वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइज तथा बोतलको पानी बेच्ने कम्पनीका मालिक हुन् । उनले बेच्ने पानी नोङफु स्प्रिङ हो । यसले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । बोतलको पानी बेच्ने कम्पनीको सेयर १५५ प्रतिशतले बढ्नुका साथै खोप कम्पनीको सेयर २ हजार प्रतिशतले बढेपछि शानशनले अम्बानी र ज्याक मालाई पछाडि पारेको एजेन्सीहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया