अख्तियारद्वारा राष्ट्रिय वाणिज्य बैंकका आठ जनाविरुद्ध मुद्दा दर्ता
आरोपितहरूसँग साढे नौ करोड बिगो भराउन माग
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, ऋणी र धितो मूल्यांकन कर्तासहितका आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मिलेमतोमा सरकारी कागज किर्ते बनाई राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखामा अनियमितता भएको पाइएपछि आयोगले उक्त शाखाका तत्कालीन शाखा प्रबन्धक ललित बहादुर शाहीसहितका आठ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।
‘राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्जका तत्कालीन प्रबन्धक शाहीसहित आठ जनाउपर गैरकानुनी लाभ तथा हानि गरेको सम्बन्धी आरोपत्र दायर गरेका हौँ’, आयोगका प्रवक्ता तारानाथ अधिकारीले भने । उनका अनुसार यही पुस १४ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्यांकनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको आधारमा आठ जनाविरुद्ध बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो ।
तत्कालीन प्रबन्धक शाहीसहित आठ जना व्यक्तिहरूले किर्ते कागजहरूको आधारमा किर्ते धितो मूल्यांकन गरी उक्त कागजातहरू राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानुनी लाभ वा हानि पु-याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानि/नोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा ती व्यक्तिहरूउपर सजायको मागदाबी लिई यही पुुस १४ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रबन्धक शाहीविरुद्ध एक करोड २५ लाख रुपैयाँ बिगोसहित आरोपपत्र दायर गरिएको प्रवक्ता अधिकारीले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको उनले जानकारी दिए । यसैगरी राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज शाखाकै सहायक कल बहादुर क्षेत्रीविरुद्ध पनि एक करोड २५ लाख र सुर्खेत शाखाका तत्कालीन उपप्रमुुख होताराम योगीविरुद्ध पनि एक करोड २५ लाख रुपैयाँ नै बिगो मागदाबी कायम गरिएको छ ।
यीबाहेक प्रिन्सी गुप्ताविरुद्ध एक करोड २५ लाख, ऋणी रिजवान अहमद जसगढ विरुद्ध एक करोड २५ लाख र सकिना जसगढविरुद्ध ७६ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । ऋणी फहमिदा बानो जसगढ एक करोड २५ लाख र सूचीकृत धितो मूल्यांकनकर्ता कर्ण बहादुर के.के विरुद्ध पनि एक करोड २५ लाख रुपैयाँ बिगो मागदाबी कायम गरिएको छ । यी सबै आरोपीविरुद्ध कुुल नौ करोड ५१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
प्रवक्ता अधिकारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया