सोलुखुम्बु ।
जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा कार्यरत एक जना कर्मचारीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको छ । कार्यालयमा हुलाकीका रूपमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ नयाँबजारका राम श्रेष्ठको शनिबार राति लामजुरा जङ्गलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चिठी पु-याउन गएका उनको चिसोका कारण मृत्यु भएको बताइएको छ । शनिबारको हिमपातका कारण उनको ज्यान गएको प्रहरीको भनाइ छ । हिउँ परेपछि श्रेष्ठ र उनका ज्वाइँ प्रकाश राई ओडारमा बास बसेको बताइएको छ ।
ओडारमा चिसोका कारण कठ्याङ्ग्र्रिएर गम्भीर बिरामी परेका श्रेष्ठको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । लिखुपिके गाउँपालिकामा चिठी पु-याएर फर्कने क्रममा श्रेष्ठको ज्यान गएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । पोस्टमार्टम गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया