अमेरिकी विमान कम्पनीले उड्ने विद्युतीय ट्याक्सी खरिद गर्ने
अमेरिका ।
एक अमेरिकी विमान सेवा प्रदायक कम्पनीले दुई सयवटा उड्ने ट्याक्सी खरिद गर्ने योजना बनाएको छ । युनाइटेड एयरलाइन्सले उक्त परिमाणमा विद्युतीय उड्ने ट्याक्सी खरिद गर्नलागेको बीबीसीले जनाएको छ । विमानस्थलभित्र उपयोग गर्ने गरी आगामी पाँच वर्षभित्र ट्याक्सी खरिद गर्ने कम्पनीको योजना छ । युनाइटेड एयरलाइन्स उड्ने ट्याक्सी खरिद गर्नलागेको अमेरिकाको मुख्यमध्ये एउटा ठूलो विमान कम्पनी हो । उड्ने ट्याक्सीकै लागि कम्पनीले उड्ने ट्याक्सी फर्म आर्करमा एक अर्ब १० करोड अमेरिकी लगानी गर्ने सम्झौता नै गरेको छ ।
उक्त एयरक्राफ्ट किन्नुअघि नियामकीय अनुमति आवश्यक पर्नेछ । कम्पनीले अमेरिकी क्षेत्रीय उडान कम्पनी मेसा एयरलाइनसँग मिलेर आर्करको विद्युतीय ट्याक्सी खरिद गर्नेछ । आर्कर स्टार्टअप कम्पनी हो । युनाइटेडसँगको सम्झौतासँगै कम्पनीले अमेरिकी सेयरबजारमा प्रवेश गर्नेछ । उक्त कम्पनीमा अन्य कम्पनीले पनि लगानी गरेका छन् । यसमा कार उत्पादक स्टेलेन्टिस पनि छ । यो कम्पनी फियाट क्राइस्लर र फ्रान्सको पीएसए ग्रुपबीच मर्जर भएपछि बनाइएको नयाँँ कम्पनी हो । युनाइटेड र मेसाले मुख्य विमानस्थलमा यी ट्याक्सीहरु प्रयोग गरिने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया