लगातार आठौँ महिना पनि बढ्यो पाकिस्तानको रेमिट्यान्स
इस्लामाबाद ।
पाकिस्तानको विप्रेषण (रेमिट्यान्स) आप्रवाह लगातार आठौँ महिना पनि बढेको छ । पाकिस्तानको केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार रेमिट्यान्स आगमन २.३ अर्ब अमेरिकी डलर पुगको हो । यो जनवरीको तथ्यांक हो । जुन वर्षगत तुलनामा १९ प्रतिशतले बढी हो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो रेमिट्यान्सप्रति खुसी व्यक्त गर्दै विदेशमा काम गर्ने पाकिस्तानीहरुलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा खानले खुसी व्यक्त गरेका हुन् । पछिल्लो समय औपचारिक माध्यमबाट पाकिस्तानीहरुले स्वदेशमा पैसा पठाउनथालेकाले पनि रेमिट्यान्स आगमन बढेको पाकिस्तानी मिडियाले जनाएका छन् । त्यस्तै सीमा वारपारको यात्रा कम भएको र विनिमय दर पनि उपयुक्त हुँदा रेमिट्यान्स बढेको बताइएको छ ।
केन्द्रीय बैंकका अनुसार जुलाईदेखि जनवरीसम्मको चालू आर्थिक वर्षको अवधिमा साउदी अरेबियाबाट साढे चार अर्ब अमेरिकी डलर, संयुक्त अरब इमिरेट्सबाट तीन अर्ब ४० करोड डलर, बेलायतबाट दुई अर्ब २० करोड डलर र अमेरिकाबाट एक अर्ब ४० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया