दोलखा ।
दोलखाको बिगु गाउँपालिका–६ आलाम्पुका दुई सय ४० जना ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । नेपाल तरुण दल दोलखा अध्यक्ष दावासाङे शेर्पा र तरुण दलका जिल्ला सदस्य कर्मा शेर्पाले विपन्न थामी बस्तीमा रहेका ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरेका हुन् । विघटित प्रतिनिधि सभा सदस्य जिपछिरिङ शेर्पाले एक सय चार वर्षीया ज्येष्ठ नागरिक सुकुमाय थामीलाई ज्याकेट हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस आलाम्पुले निर्माण गरेको भीमबहादुर तामाङ स्मृति भवनको उद्घाटनको अवसर पारेर बुधबार ज्याकेट वितरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । दोलखा जिल्लाको दुर्गम तथा हिमाली क्षेत्र आलाम्पुमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई चिसो छल्न सहयोग होस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको उनले बताए । उनीहरुले ७० वर्ष उमेर माथिका दुई सय ४० जना ज्येष्ठ नागरिकलाई सहयोग गरेका हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया