बझाङमा भारी हिमपातले पनि रोक्न सकेन भुव पर्वलाई
बझाङ, पुस २५
एक सातासम्म लगातार वर्षात् र हिमपात भइरहेको बेला पनी बझाङ मष्टा गाउँपालिका स्थानीय भुव खेलिरहेका छन् । अहिले पनि जिल्लामा निरन्तर हिमपात भइरहेको छ तर पनि स्थानीयहरुमा भुव पर्वको उल्लास छ । गत पुस ९ गतेदेखि सुरू भएको भुव पर्व पुस महिनाभर मनाइने स्थानीय सन्तोष धामीले बताए । मुखियाको घरबाट पाँच पान्डपको दियो बाली राँको सल्काएपछि मात्र भुव पर्व सुरू भएको मानिन्छ भने भुवाखाडामा अन्तिम दिन खसीको बली दिएर भुव सेलाएको मान्ने चलन छ । गाउँका तन्देरी बूढापाकाले हातमा ढाल, तरवार समाती कौरव र पाण्डवको लडाइँको स्मरण गरी पुस महिनामा प्रत्येक वर्ष भुव पर्व मनाउने गर्छन् । हिउँदको समयमा केही पनि काम नभएकाले बिहे गरेर गएका चेलीबेटी पनि भुव हेर्ने माइती घर आउने चलन रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया