‘अवतार’ संसारकै धेरै आम्दानी गर्ने चलचित्र
कमायो दुई अर्ब ८० करोड डलर
अमेरिका ।
हलिउड चलचित्र अवतारले संसारकै धेरै आम्दानी गर्ने फिल्मको स्थान फेरि आफैँले लिन सफल भएको छ । चीनमा पुनः प्रदर्शनमा आउँदा विज्ञान कथा (साइन्स फिक्सन)मा आधारित उक्त फिल्म सन् २००९ मा रिलिज भएको थियो । उसले एक दशकयता ग्लोबल बक्स अफिसमा सर्वाधिक आम्दानी गरेको चलचित्रमा आफ्नो नाम लेखाएको थियो तर सन् २०१९मा रिलिज भएको मार्वेलको एभेन्जर्सः एन्डगेमले उसको स्थान खोसेको थियो ।
चीन विश्वकै ठूलो फिल्म बजार हो । पुनः प्रदर्शनमा आएसँगै यो फिल्मको कुल कमाइ दुई अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ । कोरोना महामारी रोक्न गरिएको लकडाउनयता चिनियाँ बजारमा फिल्म बजार पुनः तातेको छ ।
अवतारका निर्देशक जेम्स क्यामरुन हुन् । गत शुक्रबारमात्रै अवतारले ४० लाख डलर कमाइ गरेको थियो । सोही कमाइले एन्डगेमलाई उछिनेको वितरक वाल्ट डिस्नेले जनाएको छ । सन् २०१९ फक्सबाट कम्पनीले दुववै फिल्मको स्वामित्व किनेको छ । यसैले चर्चित फिल्म टाइटानिकको पनि स्वामित्व लिएको छ । टाइटानिक विश्वकै धेरै कमाउने तेस्रो ठूलो फिल्म हो ।
जेम्स क्यामरुन अहिले अवतारकै सिक्वेल्स (अर्को भाग) निर्माणमा व्यस्त छन् । यो फिल्म सन् २०२२ मा प्रदर्शनमा आउने बताइएको छ । अवतार चीनमा प्रदर्शनमा आउनुअघि ७६ करोड डलर अमेरिकामा कमाइ गरेको थियो भने अन्तर्राष्ट्रिय रुपमा यसले दुई अर्ब डलर कमाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया