राजस्वसम्बन्धी प्रयोजनको लागि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने
काठमाडौं ।
राजस्व बुुझ्ने प्रयोजनको लागि आगामी शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ला रहने भएका छन् । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरु खुल्ला राख्न निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैंकले वि.सं. २०७५ असार २६ गतेदेखि नै अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको सूचनाअनुसार वर्षभर नै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सोपछि मसान्तसम्म शनिबारलगायत जुनसुकै सार्वजनिक विदा परे पनि राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझ्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनको लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीनरुपमा खुल्ला गरी राजस्व बुझ्ने व्यवस्था गर्न जारी गरिसकेको राष्ट्र बैंकले जनाएको छ । सोहीअनुसार बैंक तथा वित्तीय संस्था खुल्ला राख्नको लागि बिहीबार पुनः सूचना जारी गरिएको राष्ट्र बैंकले भनेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया