बंगलादेशमा एकै दिन सयभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु
ढाका ।
बंगलादेशले शनिबार कोभिड–१९ बाट एक सय एक जनाको मृत्यु भएको जानकारी गराएको छ । बंगलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ संक्रमित सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सफ्टपूर्ण अवस्था भनेका छन् ।
बंगलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार चार सय ७३ थप व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म बंगलादेशमा कूल संक्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार दुई सय ५२ पुगेको छ । आधिकारिक तथ्यांकले देखाएअनुसार बंगलादेशभरि गत २४ घण्टामा १६ हजार एक सय ८५ नमूनाहरू परीक्षण गरिएको थियो । निर्देशनालयका अनुसार बंगलादेशमा अहिलेसम्म कोभिड–१९ संक्रमण भई निको हुनेको संख्या छ लाख आठ हजार आठ सय १५ पुगेको छ । यहाँ शनिबार निको हुनेको संख्या पाँच हजार नौ सय सात रहेको बताइएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया