इस्लामाबाद ।
पाकिस्तानमा महंगी आकाशिएको छ । अप्रिलमा उपभोग्य सामग्रीको मूल्यवृद्धिसँगै महंगी दर ११.१ प्रतिशतले बढेको हो । पाकिस्तान ब्युरो अफ स्टाटिष्टिक्सले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा ९.१ प्रतिशत रहेको महंगी दुई प्रतिशतले बढेको देखिएको हो ।
झण्डै १२ महिनापछि महंगी दोहोरो अंकले बढेको पाकिस्तानी मिडियाले जनाएका छन् । यद्यपि जनवरीमा भने ह्वात्तै घटेर ५.७ प्रतिशत आइपुगेको थियो । विशेषगरी खाद्यवस्तु सहर र गाउँ इलाकामा महंगिँदा त्यसको असर परेको बताइएको छ ।
महिनागत तुलनामा भने महंगी एक प्रतिशतले मात्रै बढेको हो । कुखुराको मासु, तेल, घ्यू, चिनी, गहुँलगायतको मूल्य बढेको कारण महंगी आकाशिएको छ ।
यता, गैरखाद्य क्षेत्रको महंगी भने ऊर्जा क्षेत्रको मूल्य बढ्दा केही महिनादेखि बढ्ने क्रममा रहेको छ । जुलाई र अप्रिलबीचको १० महिनामा औसत उपभोक्ता मूल्य सूचकांक ११.२२ प्रतिशतबाट ८.६२ प्रतिशतमा आइपुगेको छ ।
आर्थिक वर्ष सुरु हुँदा जुलाईमा पाकिस्तानको महंगी ९.३ प्रतिशत थियो, अगस्टमा फेरि ८.२ प्रतिशतमा झ-यो भने सेप्टेम्बरमा पुनः ९ प्रतिशत पुगेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया