‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत २३ हजार चार सय ३७ जनालाई मास्क वितरण
काठमाडौं ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार चार सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरेको हो ।
अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार छ सय २१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ । तोकिएको मापदण्ड उल्लङ्घन गर्ने नौ सय सात जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिबाना गरिएको छ । साथै सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३० हजार छ सय ९० जना सहभागी भएका छन् ।
कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारीसाधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रमहरूमार्फत भीडभाड नगर्न, अनावश्यकरूपमा घरबाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालनाका लागि मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया