‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला हुने
काठमाडौं । साइकल कल्चर कम्युनिटीले ‘चित्रकलामा साइकल संस्कृति’ विषयक चित्रकला कार्यशालाको आयोजना गर्ने भएको छ । चित्रकला कार्यशाला यही असोज १३ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
कार्यशालामा तीन दर्जन चित्रकारहरूको संलग्नता रहने बताइएको छ । महिला साइक्लिस्टको नेतृत्वमा पाटन दरबार स्वायरबाट साइकल राइड ६ः३० बजे सुरु भई ७ः०० बजे पर्यटन बोर्डमा पुगेर चित्रकलामा साइकल संस्कृति कार्यशालाको उद्घाटनमा संलग्न हुने बताइएको छ । सम्भाषणसहित क्यानभासमा कलाकार तथा साहित्यकारले संयुक्तरूपमा पेन्टिङ गरी चित्रकला कार्यशालाको उद्घाटन गर्ने बताइएको छ । एक जना कलाकारले बढीमा दुईवटा क्यानभाषमा चित्राकृति तयार पार्ने आयोजकले जनाएको छ । कार्यशालाबाट करिब ५० वटा चित्राकृति तयार गरिने लक्ष्य लिइएको छ । सहभागी कलाकारहरूद्वारा सिर्जित चित्रकलाहरू क्याटलग प्रकाशनसहित प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।
कार्यशालामा सिर्जित चित्राकृति बिक्रीको ५० प्रतिशत रकम कलाकारको र बाँकी ५० प्रतिशत रकम आयोजक संस्थाले नेपालमा साइकल कानुन निर्माण तथा साइकल संस्कृति अभियान सञ्चालनमा खर्च गर्ने बताइएको छ । प्रदर्शनीपश्चात् बिक्री हुन बाँकी भएका चित्रकृति आयोजकले आफूसँग कम्तीमा छ महिनासम्म राखी सम्पर्कका आधारमा चित्राकृति बिक्रीका लागि व्यवस्था गर्नेछ । उक्त समयावधिमा पनि बिक्री नभएका कलाकृति सर्जक कलाकारलाई नै फिर्ता दिइने बताइएको छ ।
संयुक्त राष्ट्र संघको भिजन २०३०, दिगो विकास लक्ष्य र ग्रीन इन्भेस्टमेन्ट शीर्षकसँग साइकल संस्कृति जोडेर साइकल संस्कृति कम्युनिटीले नेपालमा पहिलो पटक चित्रकलामा साइकल संस्कृति विषयक विशिष्ट कार्यशाला गर्न लागेको हो । यसले वातावरणीय न्यायका लागि कलात्मक आर्ट अभियानमार्फत शान्ति, नागरिक र पृथ्वी जोडेर नेपाली समाजमा बौद्धिक विमर्शको ढोका खोल्ने विश्वास लिइएको छ । मुठ्ठीदानबाट सञ्चालन गरिएको यस कार्यशालापश्चात् चित्राकृतिहरूको प्रदर्शनी, चित्रकृतिसहित सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरूमा मास भेला, सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियानमार्फत वातावरणीय न्यायका क्षेत्रमा सिर्जनात्मक कार्यक्रमहरू जारी राख्ने आयोजकले जनाएको छ । संघसंस्थाले लक्ष्य लिएको छ ।
क्याटेगोरी : नेपाल
ट्याग : #page 3
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया